काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान शुल्क वृद्धि फिर्ता लिन तयार भएकाे छ । संस्थान र आन्दोलनरत विद्यार्थीहरुबीच आइतबार चारबुँदे सहमति भएको छ ।
अनेरास्ववियु र संस्थानका पदाधिकारीबीच हाल वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको हाे । त्यस्तै, इन्जिनियरिङ अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्ता हुने गरी कर्णाली र मधेश प्रदेशमा श्रोत, साधन समपन्न क्याम्पसहरु स्थापनाका लागि प्रक्रिया अगिाडि बढाउने पनि सहमति भएको छ ।
त्यस्तै, संस्थानको आर्थिक संकट सममाधानका लागि सर्वपक्षीय समितिलगायतका विकल्पबारे छलफल गरेर समाधान गरिने उल्लेख छ । विद्यार्थीहरुले पुल्चोक क्याम्पस र अनेरास्ववियुले गरेको सबैखाले आन्दोलन फिर्ता लिने उनीहरुबीच सहमति भएको छ ।





















प्रतिक्रिया