Logo

प्रमुख समाचार

गाँजा खेती वैध बनाउनुपर्ने पक्षमा आरजु



प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले गाँजा खेतीलाई वैध बनाउन सरकारसँग छलफल गर्ने भएको छ ।

आज (आईतबार) बसेको बैठकमा समितिकी सभापति आरजु राणा देउवाले गाँजा खेतीबारेमा प्रस्ताव राखेकी थिईन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीबारे अध्ययनलाई पनि समावेश गरेको थियो ।

गाँजा खेतीमा रहेको प्रतिबन्ध फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिने कुरामा समितिका सबै सदस्य सकारात्मक देखिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०६:०९   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।