बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षका निर्वाचन हुने भएको छ ।
बुटवलमा शनिबारबाट आजसम्म चलेको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुने भएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजाल दावेदार छन् ।
कँडेल र रिजालले आज उम्मेदवारी दर्ता गराइसकेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
निर्वाचन आयोगले सोमबार बिहान १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तय गरेको छ । नेतृत्वका लागि भोलि नै निर्वाचन हुनेछ ।















प्रतिक्रिया