Logo

अर्थ

भगवति हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी लगानीकर्ता भने हात खाली भएका छन् ।

कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ११:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।