Logo

खेलकुद

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई एक लाख दिने अर्ना वियरको घोषणा

चौका प्रहार गर्ने प्रत्येक खेलाडीले २५ हजार पाउने



काठमाडौं । नेपाली क्रिकेट टिमका खेलाडीले भारतविरुद्ध जति छक्का प्रहार गर्छन, त्यति नै लाख रुपैयाँ पाउने र जति विकेट लिन सक्छन, त्यति नै लाख पाउने अर्ना वियरले घोषणा गरेको छ ।

अर्ना वियरले याे घाेषणा भारतविरुद्ध नेपालकाे खेलमा मात्रै प्रदान गर्ने बताएकाे हाे । याे पुरस्कार जसले चाैका, छक्का प्रहार गर्छ र जसले विकेट लिन्छ, उही खेलाडीले मात्रै प्राप्त गर्ने अर्ना वियरले जनाएकाे छ ।

त्यस्तै प्रत्येक चौकाबराबर २५ हजार रुपैयाँ प्रदान गर्ने अर्ना वियरले जनाएको छ । अर्ना वियरले नेपाली टिमलाई हौसला प्रदान गर्न उक्त रकम दिने घोषणा गरेको हो । कम्पनीले उक्त रकम जसले छक्का, चौका वा विकेट लिएको हो उसैले तोकिएको रकम प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १३:२८   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।