धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
एसिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एसिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ । सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए ।















प्रतिक्रिया