Logo

अर्थ

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम एक अर्बभन्दा माथि



काठमाडाैं । सेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से सूचक ७.०७ अंकले बढेर १९६७.८३ को विन्दुमा उक्लिएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ अंकले बढेर ३७७.७१ को विन्दुमा पुगेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने १ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब ९९ करोड १३ लाख ९ हजार ६९७ रुपैयाँमा किनबेच भएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।