Logo

राजनीति

राष्ट्रिय सभाको बैठक भदौ २४ गते बस्ने गरी स्थगित



काठमाडौं । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा स्वीकृत गरेसंगै प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए ।

विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरु संसदमा ल्याउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रतिवेदन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै एक साता पछि बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।