काठमाडौं । श्रीलंकामा जारी एसिया कपमा भारतविरुद्ध नेपालका दुवै ओपनरले सुरुआतमै जीवनदान पाएका छन् । क्यान्डीस्थित पाल्लेकेले स्टेडियममा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्याच आउट हुनबाट जोगिएका हुन् ।
मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौँ बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजले गरेको बलमा आसिफ शेखको क्याच विराट कोहलीले छोडेका थिए ।





















प्रतिक्रिया