Logo

खेलकुद

अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने जनकनन्दिनी गाउँपालिकाको घोषणा

शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने



जनकपुर । धनुषाको जनकनन्दिनी गाउँपालिकाले  एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।

यसअघि एसिया कप हेर्न वीरगन्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । सोमबार नेपाल र भारतबीच खेल हुँदैछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।