Logo

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा



काठमाडौं । नेपाली टिमका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । एसिया कपमा भारतविरुद्ध ६ रन बनाएसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा हजार रन पुरा गरेका हुन् ।

कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका हुन् । भारतविरुद्ध कुशल ३८ रनमा आउट भए । कुशलअघि नेपालबाट आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।

रोहितले एक हजार ४६९ रन बनाउँदा आसिफले एक हजार १९२ रन बनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १६:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।