Logo

खेलकुद

सिटिजन्स लाइफले भारतीय ब्याट्सम्यानको विकेट लिनेलाई पाँच लाख बराबरकाे जीवन बीमा गरिदिने

सिटिजन्स लाइफले भारतविरुद्ध छक्का चाैका प्रहार गर्ने खेलाडीलाई १ लाखकाे बीमा गरिदिने



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले एसिया कप क्रिकेटमा भारतविरूद्ध आजको खेलमा छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ बराबरकाे जीवन बीमा गरिदिने घोषणा गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ बराबरकाे जीवन बीमा  गरिदिने घोषणा गरेको हो ।

यस्तै, भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार बराबरकाे बीमा दिने समेत कम्पनीले जनाएको छ ।

यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट पाँच लाख रुपैयाँ बराबरकाे बीमा सुविधा दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।