Logo

खेलकुद

नेपाललाई अर्को झड्का, रोहित पौडेल ५ रनमा आउट



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको भएपनि नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले कप्तानसमेत रहेका रोहित पौडेललाई गुमाएको हो ।

रोहितको विकेट रविन्द्र जडेजाले लिए । रोहित ८ बलमा मात्र ५ रन बनाएर पेभेलिएन फर्किएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १६:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।