काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको भएपनि नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्लाई गुमाएको हो । उनी मात्र दुई रनमा आउट भए । मल्लको विकेट रविन्द्र जडेजाले लिएका हुन् । मल्ल ५ बलमा मात्र दुई रन जोडेर आएन भएका हुन् ।
अहिले क्रिजमा आसिफ शेख र गुल्सन झा छन् । यो समाचार तयार पार्दासम्म नेपालले २३ ओभरमा ४ विकेग गुमाएर १०२ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया