Logo

खेलकुद

भारतविरुद्ध अर्धशतक प्रहार गरेका आसिफ आउट



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । अहिले नेपालले पाचौं विकेट गुमाएको छ ।

पाँचौ विकेटमा रुपमा अर्धशतक प्रहार गरेका आसिफ शेखलाई नेपालले गुमाएको छ । आसिफको विकेट मोहम्मद सिराजले लिए । आसिफले ९७ बलमा ५८ रन बनाएर आउट भएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।