Logo

राजनीति

जातीय विद्वेष फैल्याएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि व्यवसायी प्रसाईँले मागे माफी



काठमाडौं । नपाल राष्ट्रिय मारवाडी परिषद्ले व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जातीय विद्वेष फैलाउने उदेश्यले सभा सेमिनार गरेको, सञ्चार मध्यमहरुबाट मारवाडी समाज विरुद्ध अर्नगल गाली गलौज गरेको र तथ्यहिन आरोपहरु लगाउएको भन्दै साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाही गर्न माग गर्दै निवेदन दिएको थियो। निवेदन परेपछि प्रहरीले व्यवसायी दुर्गा प्रसाईँलाई बोलाई छलफल गर्दा उनले माफी मागेको प्रहरी स्रोतले जानकरी दिएको छ ।

साइबर ब्युरोले दुर्गा प्रसाइलाई ब्युरोमा बोलाएर जातीय विद्वेष फैलाएको आरोपमा कानुनी कारवाही किन नगर्ने ? भनेर छलफल चलाउँदा प्रसाईँले आफूबाट गल्ति भएको भनी क्षमा याचना गरेको र अब उपरान्त यस्तो गल्ती नदोहोर्‍याउने भनि साइबर ब्यूरोमा लिखित कागज गरेको ब्युरो प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक नविन अर्यालले जानकारी दिए ।

सामाजमा जातीय विद्वेष फैल्याउने काम नगर्न मारवाडी समाजले अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १८:३२   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।