Logo

खेलकुद

नेपालको सातौं विकेट पतन



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालले दिपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनले तीन चौकाको सहयोगमा २५ बलमा २९ रन जोडे ।

ऐरीको विकेट भारतका भारका हार्दिक पांण्याले लिएका हुन् । अहिले क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:१७   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।