काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आठौं विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको छ ।
सोमपालले एक चौका र २ छक्काका सहयोगमा ५६ बल खेलेर ४८ रनको योगदान दिए । उनको विकेट मोहम्मद शामीले लिए ।
यसैगरी सन्दीप लामिछाने पनि आउट भएका छन् ।




















प्रतिक्रिया