Logo

खेलकुद

आसिफकाे अर्धशतकमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले भारतलाई ४८. २ ओभरमा अलआउट हुँदै २३० रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको अर्धशकीय इनिङ खेले । उनले ९७ बलमा ८ चौकाको सहयोगमा ५८ रन जोडे । यस्तै अर्का ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा ३८ रन बनाए । उनले ३ चौका र दुई छक्का प्रहार गरे ।

सोमपाल कामीले एक चौका र २ छक्काका सहयोगमा ५६ बल खर्चेर ४८ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले तीन चौकाको सहयोगमा २५ बलमा २९ रन, गुल्सन झाले तीन चौकाको सहयोगमा ३५ बलमा २३ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सन्दीप लामिछानेले १७ बलमा ९, भीम सार्कीले १७ बलमा ७, रोहित पौडेलले ८ बलमा मात्र ५, कुशल मल्लले ५ बलमा मात्र दुई रन जोडे । ललित राजवंशी शून्य रनमै आउट भए ।

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन/तीन विकेट लिए । मोहम्मद शामी, हार्दिक पांण्या र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:५५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।