काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भारतले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षाले फेरि खेल प्रभावित भएको हो ।
नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले २ दशमलव १ ओभरमा कुनै विकेट नगुमाइ १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । यसअघि नेपालले ब्याटिङ गरेको बेला पनि खेलमा वर्षा भएको थियो । जसकारण केही समय खेल रोकिएको थियो ।
















प्रतिक्रिया