Logo

खेलकुद

विश्व वितेजा भइसकेकाे भारतलाई २३१ रनको लक्ष्य दिनु एक ढंगकाे जित नै हो : विश्वप्रकाश शर्मा



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलाे इनिङमा गरेकाे प्रर्शन शानदार मात्र नभइ जित बराबर भएकाे बताएका छन् । विश्व विजेता भइसकेकाे देशलाई २३१ रनकाे लक्ष्य दिनु नेपालकाे एक ढंगकाे जित नै भएकाे उनकाे भनाइ छ ।

महामन्त्री शर्माले सामाजिक संजालमा खेल आधा हुँदा नै पूरै जितिसकेकाे अनुभूति भएकाे उल्लेख गरेका छन् । उनले लखेका छन्, ‘खेल आधी हुँदा, खेल पुरै जितिसकेको अनुभुती ! विश्व विजेता बनिसकेको देश भारतलाई २३१ रनको लक्ष्य, टिम नेपालले दिनु शानदार प्रदर्शन मात्रै होइन, एक ढंगले जित´नै हो ! परिणामको गणित जे आउला, मैदान र मन नेपालले जितेको छ ! बधाई टिम नेपाल, बधाई सबै खेलाडीलाई, बधाई सबै नेपालीलाई !’

साथै महामन्त्री शर्माले राम्रो रंगशाला अनि खेलाडीलाई समग्र प्रोत्साहनको मनोवैज्ञानिक वातावरण र आर्थिक बन्दोबस्त सरकार, संसद र राजनीतिले साेच्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार २१:०३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।