काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग रनले पराजित भएकाे छ । वर्षाका कारण डीएलएस मेथडबाट लिइएकाे खेलकाे निर्णयमा नेपाल १० विकेटले पराजित भएकाे हाे ।
भारतका लागि कप्तान राेहित शर्मा ६ चाैका र ६ छक्काकाे मद्दतमा ७४ रन बनाए भने शुबमन गिलले ८ चाैका र १ छक्काकाे मद्दतमा ६७ रन बनाए ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेकाे नेपालले भारतलाई ४८.२ ओभरमा अलआउट हुँदै २३० रनको लक्ष्य दिएको थियाे । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको अर्धशकीय इनिङ खेले । उनले ९७ बलमा ८ चौकाको सहयोगमा ५८ रन जोडे । यस्तै अर्का ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा ३८ रन बनाए । उनले ३ चौका र दुई छक्का प्रहार गरे ।
सोमपाल कामीले एक चौका र २ छक्काका सहयोगमा ५६ बल खर्चेर ४८ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले तीन चौकाको सहयोगमा २५ बलमा २९ रन, गुल्सन झाले तीन चौकाको सहयोगमा ३५ बलमा २३ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सन्दीप लामिछानेले १७ बलमा ९, भीम सार्कीले १७ बलमा ७, रोहित पौडेलले ८ बलमा मात्र ५, कुशल मल्लले ५ बलमा मात्र दुई रन जोडे । ललित राजवंशी शून्य रनमै आउट भए ।
भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन/तीन विकेट लिए । मोहम्मद शामी, हार्दिक पांण्या र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।
सोमबार नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक भारतसँग प्रतिस्पर्धा गरेकाे हाे । यसअघि पाकिस्तानसँग पराजित नेपाल भारतसँग पनि हारेपछी एसिया कपबाट बाहिरिएकाे छ । भारत भने सुपर फाेरमा पुगेकाे छ ।





















प्रतिक्रिया