Logo

प्रमुख समाचार

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएका विश्वास मत संवैधानिक नभएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। निवेदक नेकपा एमाले कोशीका संदीय दलका नेता हिक्मत कार्कीको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो ।

रिट निवेदनउपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा हिजोबाट रिटउपर सुनुवाइ चलिरहेको छ । हिजो निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १८:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।