Logo

गण्डकी प्रदेश

अब केही महिनामै कांग्रेसको प्रधानमन्त्री हुन्छ : गगन थापा



बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही महिनापछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा रहेको र केही महिनामा कांग्रेसकै प्रधानमन्त्री हुने बताए।

उनले २०८० मा सरकारमा भएर २०८४ को चुनावको लागि चिन्ता गर्नु अनुपयुक्त र असान्दर्भिक भएको बताए । ‘हामी २०८४ को चिन्ता गर्छौं जो आएकै छैन । २०८० मा तीन तहको सरकारमा कांग्रेस नै सरकारमा छ । सात प्रदेशमध्ये चार प्रदेशमा मुख्यमन्त्री कांग्रेसकै छन् । केन्द्रमा पनि कांग्रेस सरकारमै छ ।

केही महिना पछि हाम्रो प्रधानमन्त्री बन्दैछ । धेरै स्थानीय तहमा वडा तहसम्म नै कांग्रेस बढी छ । दायाँ ठोकिए मेयरसँग र बायाँ ठोकिए उपमेयरसँग नै ठोकिन्छ । हातमा समय साढे चार वर्ष छ । चुनाव किन जितेको भन्दा सरकारमा पुग्नलाई । सरकारमा अहिले बसिरहेको छ अनि रुवाबासी कहिलेको छ भन्दा २०८४ को सरकार बन्दैन भनेर,’ उनले भने ।

उनले हालः सरकारमा नभएकाले २०८४ को चिन्ता गर्ने र चाडो आइदियोस् भनेमा जायज हुने बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०८:०६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।