Logo

खेलकुद

महिला टी २० विश्वकप छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित



काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन ।

तीनवटै खेलको टससमेत हुनसकेको छैन । प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ ।

समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अंकसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १०:२५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।