Logo

खेलकुद

भलिबल खेलाडीहरूको तलब मासिक पाँच हजार



काठमाडौं । नेपाली पुरुष तथा महिला भलिबल खेलाडीहरूले मासिक तलब पाउने भएका छन् । नेपाल भलिबल संघले खेलाडीहरूलाई प्रतिव्यक्ति मासिक पाँच हजार रुपैयाँका दरले मासिक तलब दिने घोषणा गरेको हो ।

वर्तमान राष्ट्रिय टोलीमा भएका १२/१२ जना महिला र पुरुष खेलाडीले मासिक तलब पाउने छन् । खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।

यसअघि भलिबल खेलाडीलाई मासिक तलब दिने व्यवस्था थिएन । तर तलब दिने व्यवस्था गरिएपनि तलब अन्यन्तै न्यून भएको भन्दै जनस्तरबाट सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १०:४१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।