काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।
नेपाल क्रिकेट सङ्घ क्यानले स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ । बाजागाजासहित गरिएको स्वागतमा सशस्त्र प्रहरीको टोली, क्रिकेटका समर्थकहरुको पनि सहभागिता थियो ।
समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्व विजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आकर्षण गर्न सफल भएको थियो ।















प्रतिक्रिया