Logo

प्रमुख समाचार

कांग्रेस सह-महामन्त्रीमाथि आक्रमण गर्ने सापकाेटाकाे बयान– ‘नेताहरूले काम नगरेकाले खुकुरी हानेँ’



काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेका श्यामबाबु सापकोटाले आफू राष्ट्रवादी भएको भन्दै नेताहरूले काम नगरेकाले खुकुरी प्रहार गरेको बताएका छन् । बुधवार काठमडौंको भृकुटीमण्डपस्थिति रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका थिए ।

त्यसलगतै नुवाकोटका सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कार्यक्रममा सहभागी हुनुपूर्व नै उनले खुकुरी बोकेर आएको भेटिएको छ ।

आरोपित सापकोटा तत्कालीन राष्ट्रिय जनआन्दोलन मोर्चामा आवद्ध थिए । मोर्चा केही समयअघि कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भइसकेको छ ।

खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । आक्रमणकारीलाई कांग्रेसले कडा कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १९:०७   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।