Logo

अर्थ

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । नेपाली बजार बिहीबार पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाल सुन प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।

आजसँगै लगातार ३ दिन सुनचाँदीको  मूल्यमा गिरावट आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १२:००   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।