Logo

कोशी प्रदेश

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्धको रिटमा जवाफी बहस सकिएको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पूर्व मुख्यमन्त्री तथा एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री थापा लगायतविरुद्ध दायर गरेको रिट निवेदनमाथि जवाफी बहस भएको हो ।

यस मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १३:२९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।