Logo

अर्थ

लगातार घट्दै सेयर बजार, १३ वटै सूचक राताम्मे



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १.४७ प्रतिशतले घटेको हो ।

योसँगै नेप्से नेप्से २८.९२ अंकले घटेर १९३२.४५ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ५.६५ अंकले घटेर ३७१.५८ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँमा किनबेच भनेको नेप्सेले जनाएको छ । यस दिन १३ वटै उपसूचक घटेका छन् । आज हाइड्रोपावर र अन्य समूहको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

बिहीबार २१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २०३ वटा कम्पनीको सेयर मुल्यमा भने गिरावट आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।