Logo

मनोरञ्जन

चलचित्र ‘एक भगवत् गीता’ सेन्सर बोर्डबाट अस्वीकृत



काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सरका लागि सिफारिस दिन चलचित्र विकास बोर्डले अस्वीकार गरेको छ । निर्माण पक्षले सिफारिस दिन माग गरे पनि बोर्डले भने अस्वीकार गरेको हो ।

केही आध्यात्मिक संस्थाहरूले ‘एक भगवत् गीता’को नाममा प्रश्न उठाउँदै आएका थिए । हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले नाम र यसभित्र रहेका विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए ।

उक्त संस्थासहित सिनेमाको निर्माण पक्षबीच बोर्डको पहलमा छलफल भएको थियो । छलफलमा हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले निर्माण पक्षसँग स्क्रिप्ट माग गरेका थिए ।

चलचित्र निर्माता सुनीलकुमार थापाले भने ‘हाम्रो सिनेमामा रहेका केही विषयमा विरोधमा रहेका संस्थाले आपत्ति जनाएपछि बोर्डले सेन्सरका लागि सिफारिस नदिएको हो ।’

बोर्डले सिफारिस नदिएसम्म चलचित्रको सेन्सर हुँदैन । यसबारे आजै अपराह्न ४ बजे निर्माण पक्षले चलचित्र विकास बोर्डमै आकस्मिक पत्रकार सम्मेलन गर्दै छ । ‘एक भगवत् गीता’ यही भदौ २९ गते रिलिज हुँदै छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १६:११   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।