Logo

राजनीति

त्रिचन्द्र क्याम्पसमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले गरे तालाबन्दी



काठमाडौँ — स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले शिक्षण शुल्कलगायत प्रशासनको बेथितिको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् ।

पठनपाठनका लागि कक्षाकोठा र शैक्षिक सामग्रीसमेत उपलब्ध हुन नसकेको विद्यार्थीको गुनासो छ । चर्को शुल्क फिर्ता हुनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्ने, ट्रेनिङ र परामर्शको व्यवस्था हुनुपर्नेलगायत माग राखेर तालाबन्दी गरिएको विद्यार्थीले जनाएका छन् । एमए चौथो सेमेष्टरका लागि ३८ हजार शुल्क तोकिएकोमा विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

उक्त शुल्क पद्मकन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालको केन्द्रीय विभागमा सञ्चालन गरिएको कार्यक्रमभन्दा दोब्बर बढी रहेको विद्यार्थीहरुको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १८:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।