काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यांगुन रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे खेल सुरु हुने छ ।
फिफाको हालको वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा रहेको छ । वरीयतामा नेपाल भने १ सय ७५ औं स्थानमा छ ।
म्यानमारसँग हालसम्म नेपालले २ खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपुर्ण खेल सोमबार हुनेछ ।
नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले टिम सम्हालेयता साफ च्याम्पियसिप यता पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दै छ ।
म्यानमार पुगेको नेपाली टिम
गोलरक्षक : किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया















प्रतिक्रिया