Logo

अर्थ

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, साढे १०% नगद लाभांश पारित



काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट साढे १० प्रतिशत नगद लाभांश अनुमोदन भएको छ ।

सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार काठमाण्डौको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८०को नगद लाभांश अनुमोदन गरेको हो। जसअनुसार सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु. २ करोड २१ लाख ५ हजार २३० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनाश उप्रेतीलाई निर्विरोध निर्वाचितसमेत गरेको छ। ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेका यो क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ।

कारोबार सञ्चालनको अनुमति पाएको ३ महिनाभन्दा कम समयमा नै क्यापिटलले रु. ६३.५९ लाखको आयकर तथा रु. ३.७२ लाखबराबर अन्य कर गरी जम्मा रु. ६७.३१ लाख करमार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको छ।

हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यो क्यापिटल नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिका लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ११:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।