Logo

अर्थ

वुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नबिल बैंकका तर्फबाट बैंकका प्रतिनिधि तथा कम्पनीका तर्फबाट कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार रुपैयाँ र ३० लाख ९९ हजार रुपैयाँ छ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीले नेपाली बजारमा छिट्टै अर्को नया मोडेल वुलिङ बिङ्गो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरदले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १२:१२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।