Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड भन्छन्– ‘सरकारको अभियानले भ्रष्टाचारमा रमाउनेहरू अत्तालिए’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानले भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको टिप्पणी गरेका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले सरकारको यो कामबाट जनतामा भने उत्साह जागेको उनले बताए ।

सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरेएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै उनले बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरुवात गरिएको बताए ।

छिट्टै चीन भ्रमण जान लागेको जानकारी दिँदै नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने प्रधानमन्त्रीको जिकिर थियो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टीलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने पनि बताए । जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १४:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।