काठमाडौं । गैरआवासयीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन मिति नजिकिएसँगै सरगर्मी बढेको छ । विभिन्न देशमा राष्ट्रिय समितिले अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यहरू पाइसकेको छ भने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पनि निर्वाचित भइसकेका छन् ।
संघको निर्वाचन यही अगस्त १७–१९ मा हुँदैछ । निर्वाचन मिति नजिकिँदै आउँदा धमाधम उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ । यही क्रममा संघको सहकोषाध्यक्षका लागि अमेरिकाबाट सिपी पौडलले उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले संघको आगामी कार्यकाल २०२३–२५ का लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
को हुन् पौडेल ?
सिपी पौडेल लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारका लागि सक्रिय रहेका अभियन्ता हुन् । सिन्धुलीको दुधौली नगरपालिकाका उनी हाल अमेरिकाको टेक्सास रहँदै आएका छन् ।
एनआरएनएलाई टुटफुट र विभाजनबाट सँधै जोगाएर लैजानुपर्ने मान्यता राख्ने पौडेल नेपाल विधार्थी सघंका पूर्व केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहिसकेका उनी नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रिय उपसभापति हुन् ।
पौडेल एनआरएनए अमेरिकामा २०१४ देखि आवद्व भई बोर्ड अफ डाईरेक्टर (२०१९–२०२१) हुँदै एनआरएनएको अमेरिका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनी सन् २०२१–२०२३ सम्म एनआरएनए अमेरिका अध्यक्ष हुन् ।
अमेरिकाका विभिन्न सामाजिक सघंसस्थामा सक्रिय सहभागिता पौडेलको छ । आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले सबै एक आपसमा मिलेर अगाडी बढनुपर्नेमा जोड दिएका छन् । गूट उपगूट पैदा गरी संस्था नै विभाजित गर्ने पद्वति र प्रक्रियाप्रति दुख व्यक्त गर्दै पौडेलले व्यक्तिगत आरोप, प्रत्यारोप, विभाजन रोक्दै एकजुट भइ अघि बढ्न अनुरोध पनि गरेका छन् ।





















प्रतिक्रिया