Logo

प्रमुख समाचार

समाजवाद कार्यान्वयनबाट वर्गसंघर्ष अन्त हुन्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् । पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए ।

समाजवाद कार्यान्वयबाट नै वर्गसङ्घर्ष अन्तय हुने नेपालको भनाइ थियो ।  अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिए ।

जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उनले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठीक रहेको बताउँदै कम्युनिष्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गरे ।

“नेतृत्व सही बाटोमा अघि बढ्न सके पार्टीभित्र लोकतान्त्रिक मूल्य, मान्यता स्थापित भई जनताको सामाजिक रुपान्तरण, देश विकासको चाहना पूरा हुने र समृद्धितर्फ पुग्न सकिन्छ”, उनले भने । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष नेपालले व्यक्त गरे ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले समाजवादमा श्रमिक वर्गका हकहित, अधिकार सुरक्षित गर्न सकिने बताए । कार्यक्रममा ६० जना पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १८:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।