Logo

प्रमुख समाचार

कांग्रेसकै नेतृत्वमा सरकार बनाऔँ, पार्टीविरुद्धको भ्रम चिरिन्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

आज शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टीविरुद्ध पनि बिभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ । उनले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर समेत गरेका छन् ।

कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ०९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।