Logo

प्रमुख समाचार

सबै मिलेको देख्दा कतिपयको मन अहिले पनि भतभति पोल्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको बताएका छन् ।

एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै उनले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको बताएका हुन् ।

उनले भने,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउन, सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ०९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।