Logo

मनोरञ्जन

‘एक भगवत् गीता’ : नाम परिवर्तन नगरे हलबाटै हटाउने हिन्दु सेनाको चेतावनी



काठमाडौं । धार्मिक संस्था ओमकार सेना नेपालले झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ले सनातनी हिन्दु धर्मावलम्बीहरूको आस्थामाथि प्रहार गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै यो यो संस्थाले सनातनीहरूको पवित्र ग्रन्थ गीताको मर्म र भावनाविरुद्ध प्रहार गरेकोले नाम परिवर्तन नगरिएसम्म प्रदर्शन गर्नै नदिने चेतावनी दिएको छ ।

हिन्दुवादी संघसंस्थाले पटकपटक चलचित्रका सरोकारवाला पक्षसँग बसेर छलफल गरी उक्त चलचित्रको नाम सुधार गरेर मात्र प्रदर्शन गर्न सुझाव दिँदा पनि चलचित्रको निर्माण पक्षले अटेर गरेर जबरजस्ती प्रदर्शन गर्न खोजेको भन्दै ओमकार सेना नेपालले निर्माण पक्ष सनातनीहरूविरुद्ध खुलेर नियतवश लागेको प्रष्ट देखिएको ठहर गरेको छ । आफूहरूको सुझावलाई बेवास्ता गरेर चलचित्र प्रदर्शन गरिए सिनेमा घरहरूबाटै हटाइने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

विज्ञप्ति हेर्नुहोस्ः–

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १०:५६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।