काठमाडौं । निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको बताएकी छन् ।
निर्देशक थापाले शनिबार मध्यरातमा फेसबुकमा भावुक स्टाटस लेख्दै फिल्मको पीडा पोखेकी हुन् । उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छन् ।
चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिइसकेको छैन । भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा जुट्नुपर्ने बेला निर्माता विवाद मिलाउन बोर्ड कुदिरहेका छन् ।
उनी लेख्छिन्, ‘बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर श्रीमद् भागवतगीताको अवहेलना नभएको प्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन । आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’
उनले अगाडि लेखेकी छन्, ‘मैले मेरो फैसला भगवानको हातमा छोडिदिएकी छु । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन पाउँछ कि पाउँदैन थाहा छैन । प्रिय दर्शकको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउँदैन, सत्य बोलिरहँदा पनि सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नुहोला नि हैन ?’
















प्रतिक्रिया