काठमाडौं । झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत गीता’बारे उत्पन्न विवाद समाधानार्थ चलचित्र विकास बोर्डमा आज निर्णायक छलफल हुँदैछ । खासगरी चलचित्रको नामसँग कथावस्तु मेल नखाएपछि उत्पन्न विवाद विवादलाई लिएर आज बोर्डले निर्णायक छलफल बोलाएको हो ।
धर्मग्रन्थ भगवत् गीताको नाम जोडेर बनाइएको चलचित्रले गीताको भावना र मर्मलाई छुँदै नछोएको भन्दै धामिर्क संघसंस्था नाम परिवर्तन नगरिए चलचित्र प्रदर्शन गर्ने नदिने पक्षमा छन् भने निर्माण पक्षले अन्तिम समय आएर आफूहरूलाई आफ्ठ्यारोमा पारिएको बताएको छ ।
चलचित्रकी निर्देशक झरनाले गएराति मध्यरातमा फेसबुकमा पीडादायी स्टाटस समेत लेखिन् । उनले चलचित्रबाट श्रीमद भागवत् गीताको अवहेलना नभएको प्रष्ट पार्दा पनि सेन्सर सिफारिस नदिइएको बताएकी छन् ।
तर, बोर्ड स्रोतले भने आफूहरुले सेन्सर रोकेको भनेर लगत प्रचार गरिएको बताएको छ भने आफूहरुलाई रोक्न अधिकारसमेत नभएको बताएका छ ।





















प्रतिक्रिया