Logo

प्रमुख समाचार

बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेका छौं : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् ।

बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले  यहि चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए ।

मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उनले भने, ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं ।’ तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।

आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने-‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’

सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १२:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।