Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७३.९० बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँमा किनबेच भनेको नेप्सेले जनाएको छ ।

यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर उपसमूहको सेयरमूल्यमा भने गिरावट आएको छ ।

आज लगानी, होटल एण्ड टुरिजम र फाइनान्स समूहमा लगानीकर्ता आकर्षित भएको देखिएको । कारोबार भएका मध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन सुर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी शुभम् पावर, न्यादी हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस्ता हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घट्नुका साथै कारोबार समेत सर्वाधिक भएको छ ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ३ : ३३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।