काठमाडौं । एसिया कपको सुपर फोरमा आज विश्व क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत खेलिरहेका छन् ।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर भारतले ब्याटिङ गरिरहेको छ । पाकिस्तानविरुद्ध भारतका ओपनर शुबमन गिलले शर्धशतक प्रहार गरेका छन् । उनले ३७ बलमा १० चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।
कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्माल ३८ बलमा ४ चौका र एक छक्काको सहयागमा २८ रन बनाएका छन् । ताजा अवस्थामा भारतले १२ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको छ ।
प्रतिक्रिया