Logo

खेलकुद

एसिया कप : भारतका ओपनरद्वय चम्किए, पाकिस्तान अहिलेसम्म विकेटविहीन



काठमाडौं । एसिया कपको सुपर फोरमा आज विश्व क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत खेलिरहेका छन् । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर भारतले ब्याटिङ गरिरहेको छ ।

पाकिस्तानविरुद्ध भारतका ओपनरद्वय चम्किएका छन् । ओपनरद्वय रोहित शर्मा र शुबनम गिल दुवैले पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कप्तानसमेत रहेका ओपनर रोहित शर्माले अर्धशतक प्रहार गरेका छन् । उनले ४२ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

यसअघि नै अर्का ओपनर शुबमन गिलले शर्धशतक प्रहार गरेका छन् । उनले ३७ बलमा १० चौकाको सहयोगमा ५० रन बनाएका हुन् । शुबमन गिल एकदिवसीय ब्याटिङ बरियताको तस्रो नम्बरमा छन् भने रोहित शर्मा ११औं बरियतामा छन् ।

यो समाचार तयार पार्दासम्म भारतले १४ दशमलव ४ ओभरमा ११४ रन बनाएको छ भने पाकिस्तान विकेटविहीन छ ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ४ : २५ बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।