Logo

खेलकुद

भारतविरुद्ध पाकिस्तानलाई पहिलो सफलता, रोहित शर्मा आउट



काठमाडौं । एसिया कपको सुपर फोरमा आज विश्व क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत खेलिरहेका छन् । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटमा रुपमा भारतले कप्तान समेत रहेका ओपनर रोहित शर्मालाई गुमाएको हो । उनले भारतका लागि अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाए । उनको विकेट पाकिस्तानका शादब खानले लिएका हुन् ।

अहिले क्रिजमा शबमन गिल र विराट कोहली छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १६:४०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।