Logo

खेलकुद

पाकिस्तानलाई दोस्रो सफलता, भारतका दुवै ‌ओपनर आउट



काठमाडौं । एसिया कपको सुपर फोरमा आज विश्व क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत खेलिरहेका छन् । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा भारतले ओपनर शुबमन गिललाई गुमाएको हो । उनको विकेट पाकिस्तानका तीव्र गतिका बलर शाहीन अफ्रिदीले लिए । गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रनको अर्धशकीय इनिङ खेले ।

यसअघि पहिलो विकेटमा रुपमा भारतले कप्तान समेत रहेका ओपनर रोहित शर्मालाई गुमाएको थियो । रोहितले पनि भारतका लागि अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाए । उनको विकेट पाकिस्तानका शादब खानले लिएका हुन् ।

अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ४ : ४४ बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।